नेकपाले रोक्यो भनाभन

तु खबर संवाददाता
२०७६ भाद्र १०, मंगलवार ०८:०५

पार्टीको शीर्ष तहका नेताहरू भनाभनमा उत्रिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरूका विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

पार्टीका जिम्मेवार नेताहरू नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा बसेको बैठकले सबै तहका नेता, कार्यकर्ता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टीले विधानमा उल्लेख भएअनुसार प्रस्तुत हुन निर्देशन दिएको छ। पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिकरूपमा विरोध वा आलोचना नगर्न बैठकले निर्देशन दिएको छ। आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*