राजपाले माग्यो कास्मिर घटनाप्रति सरकारको स्पष्ट धारणा

तु खबर संवाददाता
२०७६ भाद्र ९, सोमबार १५:०७
file

काठमाडौं, ९ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कास्मिर घटनाको बारेमा सरकारको स्पष्ट धारणा माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राजपा नेपालका सांसद महेन्द्र राय यादवले उक्त घटनाको बारेमा स्पष्ट धारणा माग गरेका हुन् ।

नेपाल र भारतको संयुक्त बैठक पनि हालै बसेको छ । यो बैठकले कास्मिर समस्याबारे परराष्ट्रमन्त्रीले स्पस्ट पारे । हामी भन्न चाहान्छौ– कास्मिरबारे सरकारले देशलाई गुमराहमा नराखोस्’ यादवले भने, ‘सरकारले कास्मिर समस्याबारे नेपाली जनतालाई जानकारी गराओस्, जसले राजनीतिक दलहरुलाई धारणा बनाउन सजिलो बनाउँछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*