नेकपा मकवानपुरको स्थानीय तहका अध्यक्ष र सचिवद्वारा सपथ ग्रहण
मकवानपुर, ९ भदौ । नेकपा मकवानपुरको सबै स्थानीय तहका अध्यक्ष तथा सचिवहरुले आज हेटौँडामा सपथ ग्रहण गरेका छन् ।
मकवानपुरमा भएका दश वटा स्थानीय तहका २० जना नेकपा अध्यक्ष र सचिवहरुले आज सपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई नेकपाका प्रदेश नम्वर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ ग्रहण गराएकी हुन् ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका सह–इन्चार्ज कुमारी मोक्तान, रामेश्वर राना लगायतकाको सहभागिता रहेको थियो ।
