नेकपा मकवानपुरका सबै स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगियो

२०७६ भाद्र ८,आईतवार १३:१२

मकवानपुर, ८ भदौ । नेकपा मकवानपुरको आज (आईतबार) बिहान बसेको जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । पार्टी एकिकरण भएपछी मकवानपुरका स्थानीय तहले पनि पार्टीमा अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो ।

पार्टीका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपाको हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्षमा रघु आचार्य र सचिवमा तिर्थ बहादुर थापा, थाहा नगरपालिकाको अध्यक्षमा अरुण रायमाझि र सचिवमा सानोकाजी गोपाली, बाग्मती गाउँपालिकाको अध्यक्षमा अरुण बल र सचिवमा उत्तम पौडेल चयन भएका छन् ।

त्यस्तै बैठकले बकैयाँ गाउँपालिकाका अध्यक्षमा नारायण प्रसाद तिमल्सीना र सचिवमा भक्तबहादुर खत्री, मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा रामजी प्रसाद सापकोटा र सचिवमा राजकुमार खड्का, भीमफेदी गाउँपालिकाको अध्यक्षमा सानु थापा र सचिवमा दिपक गोले, इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष ऋसी पुणासैनी र सचिवमा ब्रिजु पदम लामा चयन भएका हुन् ।

त्यसैगरी कैलास गाउँपालिकाको अध्यक्षमा बुद्धीबहादुर मोक्तान र सचिवमा लालसिंह गुरुङ, राक्सीराङमा अध्यक्ष हस्तबहादुर मोक्तान र सचिवमा ओमबहादुर स्याङतान, मनहरीमा अध्यक्षमा रामप्रसाद कालाखेती र सचिवमा हेमलाल उप्रेती चयन भएको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिइन् ।

त्यस्सै आजको बैठकले नेकपा मकवानपुर पार्टी हाक्ने ७ जनाको जिल्ला कार्यालय टिम छनौट गरिएको छ । बैठकले पुराना र अनुभवी, पहिले दुबै पार्टीमा पदाधिकारीमा रहेकालाई चयन गर्दै ७ जनाको कार्यालय टिम बनाएको हो ।

कार्यालय टिममा अध्यक्ष मुनु सिग्देल, सचिब प्रेमबहादुर पुलामी, बद्री लंसाल, बलराम वल, एकालाल श्रेष्ठ, श्रीधर पोख्रेल र प्रमिला लामा रहेका छन् ।

दश वटै स्थानीय तहका अध्यक्ष र सचिवसहितको बैठक भोली बस्ने पार्टीका जिल्ला सचिवालय सदस्य बद्री लम्सालले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*