जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्छ : प्रचण्ड
मकवानपुर, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने खतरा रहेको बताएका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तामा जानु अघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा रहेको बताए ।
कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिस्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यस तर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याए ।
उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टी भित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी जनाए ।
