बाबुराम ‘सत्तापक्ष’ मा

तु खबर संवाददाता
२०७६ भाद्र ६, शुक्रबार ०९:३७
file-photo

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई संसद्मा सत्तापक्ष सांसदको लाइनमा बस्न थाल्नुभएको छ।

तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति नेपाल पार्टीबीच एकता भएर पनि भट्टराई विपक्षी सांसद बस्ने सिटमा बस्दै आउनुभएको थियो।

बिहीबार सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले संघीय संसद्लाई पठाएको दुई पार्टीबीच एकतासम्बन्धी पत्र पढेर सुनाएपछि अध्यक्ष भट्टराई सत्ता पक्षको लाइनमा बस्नुभएको थियो। आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*