प्रचण्ड फेरि कार्यकारी भूमिकामा !

तु खबर संवाददाता
२०७६ भाद्र ६, शुक्रबार ०९:१२
file-photo

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएको छ ।

एकीकरणपूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो।

बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएकाले प्रचण्डको अध्यक्षतामा चाँडै सचिवालय बैठक बसेर सांगठनिक एकताका बाँकी कामबारे निर्णय गरिने बताए ।

सांगठनिक एकीकरणको काम अन्तिम चरणमा पुर्याएका अध्यक्ष ओली र प्रचण्डबीच सरकारको नेतृत्वमा पनि सहमति भएको बताइएको छ। आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*