प्रधानमन्त्री ओली आज सिंगापुर जाँदै

तु खबर संवाददाता
२०७६ भाद्र ५, बिहीबार ०८:४७
file-photo

काठमाडौं ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहिबार) पुनः सिंगापुर जाँदैछन् । केही दिनअघि मात्र सिंगापुरबाट स्वास्थ्य परिक्षण गराएर स्वदेश फर्किएका प्रधानमन्त्री ओली पुनः स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले १० दिनअघि नेपाल फर्किनुअघि १२ वर्षदेखि सेवन गर्दै आएको औषधी परिवर्तन गरिएको थियो । चिकित्सकले नयाँ औषधीको प्रयोगपछि पुनः परीक्षण गर्न बोलाएकाले प्रधानमन्त्री ओली सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओली गत १८ साउनमा सिंगापुर गई २७ साउनमा स्वदेश फर्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*