नेकपा संसदीय दलको नेता तथा उपनेताको छुट्टाछुट्टै कार्यकक्ष
मकवानपुर, ४ भदौ । प्रदेश नम्वर ३ को प्रदेशसभा सचिवालयको परिसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेता तथा उपनेताको छुट्टाछुट्टै कार्यकक्षको स्थापना गरिएको छ ।
बुधबार नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, दलको उपनेता शालिकराम जम्मकट्टेल र प्रमुख सचेतक रामेश्वर फुयाँलको लागि छुट्टाछुट्टै कार्यकक्षको स्थापना गरिएको हो ।
प्रदेशसभाको बैठक संचालन हुँदा दलका नेतासँग भेटघाट र छलफलको आवश्यकता पर्ने भएकोले उनीहरुका लागि उक्त कार्यकक्षको स्थापना गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।
