भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : अध्यक्ष प्रचण्ड

तु खबर संवाददाता
२०७६ भाद्र ३, मंगलवार १८:२०
file-photo

जनकपुरधाम, ३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति धनुषाद्वारा आयोजित छलफलमा उनले सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नुपर्ने बताएका हुन् ।

बाँध निर्माणले बर्सेनी उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उनले बताए ।

विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको उनले बताए

नेकपा अध्यक्ष प्रचण्डले प्रदेश नं २ मा बाढीबाट पीडित जनसमुदायका लागि एउटा प्याकेजसहित आउने सरकारको तयारी भइरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*