प्रतिपक्षीको भूमिका सशक्त बनाउन भातृ संस्थालाई काँग्रेस मकवानपुरको निर्देशन

तु खबर संवाददाता
२०७६ भाद्र २, सोमबार १७:०८

मकवानपुर, २ भदौ । नेपाली काँग्रेस मकवानपुरले १० वटै स्थानीय तहमा प्रतिपक्षीको भूमिका सशक्त बनाउन पार्टी, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्देशन दिएको छ ।

काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षमा सोमबार बसेको नियमित बैठकले पार्टीको भातृ तथा शुभेच्छुक संस्थामा रहेको आन्तरिक विवाद मिलाउँदै सशक्त रुपमा प्रतिपक्षीको भूमिका निभाएर विकास निर्माणमा लाग्ने निर्देशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप कोईरालाले बताए ।

प्रवक्ता कोईरालाका अनुसार उक्त बैठकले गत असारको अन्तिम सातामा परेको अविरल बर्षापछिको बाढीपहिरोमा परी मृत्यु भएका र घरबारविहिनलाई सरकारले हालसम्म पनि राहात उपलब्ध र स्थायी बसोबासको व्यवस्था नगरेको भन्दै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको छ ।

बैठकले काँग्रेस निकट लोकतान्त्रिक यातायात व्यवसायी संघका मकवानपुर अध्यक्ष कपिलबहादुर बानियाँको माता कृष्णकुमारी बानियाँ र हेटौंडा ११ का पूर्व वडासभापति पिताम्बर बर्तौलाको हालै भएको निधनप्रति शोकप्रस्ताव पारितसमेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*