ट्रेड युनियन काँग्रेसको प्रथम जिल्ला परिषद हेटौँडामा सम्पन्न
मकवानपुर, ३२ साउन । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरको प्रथम जिल्ला परिषद तथा युवा समिति र महिला समितिको अधिवेशन शनिवार हेटौँडामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतित्थ्यतामा भएको अधिवेशनले महिला र युवा समितिको नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले संगिता राईको अध्यक्षतामा ९ सदस्यीय महिला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पा पोखरेल, सचिव निर्मला कंडेल, कोषाध्यक्ष यम कुमारी श्रेष्ठ रहेका छन् ।
यसैगरी युवराज लामाको अध्यक्षतामा चयन भएको युवा समितिको उपाध्यक्षमा सविन मगर र अञ्जु श्रेष्ठ, सचिव कुुसुम राई र कोषाध्यक्षमा श्रृजना थोकर चयन भएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार एवं नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरका संस्थापक अध्यक्ष रामचन्द्र अर्याल माईकल, निवर्तमान पार्टी सभापति रघुरमण न्यौपाने, पार्टी प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य एवं मजदुर विभाग प्रमुख हरि वाग्ले, नेपाल ट्रेड युनियन कांग्रेका प्रदेश नम्बर ३ का उपाध्यक्ष कुमार पौडेल, ३ नम्बर उपाध्यक्ष सीता गिरी, नेपाली कांग्रेसका जिल्ला सदस्य इन्दिरा न्यौपाने, टे«ड युनियन कांग्रेस मकवानपुरका उपाध्यक्ष तारा कार्की, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराज लागएतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरका अध्यक्ष यमबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।
