देशको विकासको निम्ति सबै एकजुट हुनुपर्छ : नेता नेपाल
काठमाडौं ३२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको विकासको निम्ति सबै एकजुट हुनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले देश विकासको लागि नागरिक, संघ—संस्था र सरकार एकसाथ जुट्नु पर्ने बताए हुन् ।
उनले कहिलेकाहिँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूला–ठूला काम बन्न सक्ने विस्वास व्यक्त गरे ।
