‘म बिरामी होइन, २०/२५ वर्ष बाँच्छ भन्छन्’

तु खबर संवाददाता
२०७६ श्रावण ३२, शनिबार ०८:०२

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बिहानैदेखि भेटघाट र महत्त्वपूर्ण काममा सक्रिय भएका छन् । उनले बिहान बालुवाटारमा झापा क्षेत्र नम्बर ५ का कार्यकर्तासँग भेटघाट गर्दै आफ्नो स्वास्थ्यबारे जानकारी गराए ।

कार्यकर्तालाई ओलीले सोधेका थिए, ‘म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो रु’ ओलीले आफू स्वस्थ रहेको तर बाहिर बिरामी भन्ने प्रचार भएको बताएको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्रीले भने, ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।’

उनले सिंगापुरमा भएको उपचारको प्रसंग झिक्दै सबै ठीक रहेको बताए । ‘गएको हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बूढीऔंलादेखि कान्छीऔंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठीक छ भनेका छन्,’ उनले भने, ‘अब २०र२५ वर्ष केही हुँदैन भन्छन् । त्यसकारण म बिरामी होइन ।’ बिहान कार्यकर्ताहरूसँग भेटेपछि ओली पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*