हेटौंडा अस्पताललाई तरुण दलको सुझाव
मकवानपुर २३ साउन । नेपाल तरुण दल मकवानपुरले हेटौंडा अस्पताल प्रशासनलाई सुझावपत्र बुझाएको छ ।
अस्पतालमा तरुण दल मकवानपुरले अवलोकन गर्दा कमीकमजोरी भेटिएरको भन्दै तरुण दल मकवानपुरले बुधबार अस्पतालका अध्यक्ष तथा मेडिकल सुपरिटेन्डेन्टलाई सुझावपत्र बुझाएको हो ।
सेवाप्रवाहलाई चुस्त पारी नागरिकको स्वास्थ्य अधिकार रक्षा गर्नु अस्पतालका कर्मचारी, डाक्टर, अस्पताल प्रसाशनलगायत सरोकारवालाको दायित्व भन्दै तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले अस्पताल संचालक व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण श्रेष्ठलाई सुझावपत्र हस्तान्तरण गरेका थिए । आजको हेटौंडा सन्देशमा समाचार छ ।
