बाढीपहिरो पीडितलाई काँग्रेसद्वारा खाद्यान्न र लत्ताकपडा सहयोग
मकवानपुर, १६ साउन । नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोवर गाउँपालिकाका बाढीपहिरो पीडितलाई बिहिवार राहत स्वरूप खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।
नेपाली कांग्रेस मकवानपुरले गत असार २७ गतेबाट परेको अविरल वर्षातका कारण बाढीपहिरो पीडित १ सय ६१ घरपरिवारलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो ।
नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिका संयोजक जवान सिं वाईबाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कांग्रेसको संयोजनमा भएको राहात वितरणमा नेपाल लोकतान्त्रिक व्यापार संघ अध्यक्ष काब्यमणी अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, व्यवसायी तथा समाजसेवीहरु सुदर्शन खरेल, अनिल अग्रवाल, नवराज न्यौपाने, भागवत अवस्ती लगायतले सहयोग गरेका थिए ।

राहातसामाग्री वितरण कार्यक्रममा कांग्रेस जिल्ला सदस्यहरु कृष्णभक्त श्रेष्ठ, खड्ग गोपाली, महासमिति सदस्य दिनेश उपाध्याय, क्षेत्रीय सभापति यतिराज सापकोटा, कांग्रेस क्षेत्रीय सल्लाहकार उत्सव ईटेनी, थाहानगर उपसभापति भरत गोपाली, तरुण दल क्षेत्रीय सभापति सुमन श्रेष्ठ, विकाश बलामी, कृष्ण बलामी, बिष्णु कार्की लगायत समाजसेवीहरुका उपस्तिथि रहेको थियो ।
कांग्रेस मकवानपुरले यसअघि पनि बाढीपहिरोमा परी मृत्यु भएका परिवारहरुलाई प्रतिपरिवार २५ हजारका दरले राहात रकम वितरण गरेको थियो ।
