विप्लव समूहका नेता कार्यकर्ता नेकपा प्रवेश

तु खबर संवाददाता
२०७६ श्रावण १३, सोमबार १२:५४

ललितपुर १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताएका छन् ।

सोमबार आफ्नै निवास खुमल्टारमा विप्लव समूह परित्याग गरी नेकपामा प्रवेश गर्ने सो समूहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरु विरुद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् ।

उनले पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने पनि बताए ।

पार्टी प्रवेश गर्नेहरुमा रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मा लगायत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*