नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौं १२ साउन । स्कुल विभागको विषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको नेकपा सचिवालय बैठक आज बस्दैछ ।
यसअघि, अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शनिवार भएको ३ घण्टा लामो बैठकपछि आज दिउँसो १२ बजेको लागि बैठक तय गरिएको हो ।
यसअघि, विवाद कारण सचिवालय बैठक अनिश्चित जस्तै भएको थियो । स्कुल विभागको नेतृत्व एमाले पक्षले पाउनुपर्ने माग राख्दै गर्दा माओवादी पक्ष पनि यसमा दावी गर्दै आएको छ ।
