चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख

तु खबर संवाददाता
२०७६ श्रावण ६, सोमबार ०९:२०
file-photo

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूचना प्रहरीले बरामद गरेको हो ।

सो समूहका पोलिटब्युरो सदस्य माइला लामाको साथबाट प्रहरीले चन्दा उठाउन तयार पारिएको दस्तावेजसहितका गोप्य कागजात बरामद गरेको छ । प्रहरीले शनिबार राति लामा र उनका सहयोगी रमेश तामाङलाई काँडाघारीबाट पक्राउ गरेको थियो ।

‘प्रतिबन्धित नेकपाका नेता लामाको साथबाट ४ सय व्यक्ति वा संस्थाबाट अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल्नेगरी तयार पारिएको सूची लगायतका गोप्य दस्तावेजहरु जफत गरिएको छ, ‘एसएसपी सहकुल थापाले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*