कांग्रेसद्वारा हेटौंडा अस्पतालका विरामीलाई फलफुल वितरण

तु खबर संवाददाता
२०७६ श्रावण ५, आईतवार १७:३८

मकवानपुर ५ साउन । नेपाली कांग्रेस ३ नम्बर समितिद्वारा आज बिहान हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

जननायक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृति दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तरगत आज (आईतबार) विहान कांग्रेस मकवानपुरले हेटौंडा अस्पतालमा रहेका २ सय ५० विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।

नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय समितिका सभापति तारानाथ चौलागाईको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका सभापति तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा फलफुल वितरण गरिएको हो ।

वी.पी. को ३७ औं स्मृति दिवसको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत भोली सोमबार विहान हेटौंडा–११ वी.पी. बाटिकामा बृक्षारोपण र दिउँसो कांग्रेस मकवानपुर र वी.पी. फाउण्डेशन काठमाडौंको संयुक्त आयोजनामा बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमूख आतिथ्यतामा होटल सामनामा विचार गोष्ठी हुने काँग्रेस प्रवक्त प्रदिप कोईरालाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*