काँग्रेस मकवानपुरले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवाहरुलाई जनही २५–२५ हजार दिने
मकवानपुर २ साउन । नेपाली काँग्रेस मकवानपुरले हालै अविरल वर्षाका कारण बाढीपहिरोमा परि ज्यान गुमाएका मकवानपुरका ५ जनाको परिवारलाई जनही २५–२५ हजार दिने निर्णय गरेको छ ।
काँग्रेस मकवानपुरको आज (बिहिबार) बसेको जिल्ला कार्यसमितिको बैठकले वर्षाका कारण बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई जनही २५–२५ हजारका दरले राहतस्वरुप प्रदान गरिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले जननायक वीपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने भएको छ ।
कांग्रेस मकवानपुरको बैठकले कांग्रेस मकवानपुरका जिल्ला सदस्य महेन्द्र राउतको पिता तथा कांग्रेस हेटौंडा १ का सचिव बमबहादुर राउतको असामयिक निधनप्रति शोकप्रस्ताव पारित तथा अविरल वर्षा एवं बाढीपहिरोमा परि ज्यान गुमाएकाहरुको परिवार समवेदना प्रकट गर्दै सरकारसंग तत्काल राहत उपलब्ध गराउनसमेत माग गरिएको छ ।
