बाढीपहिरो : क्षति, राहत र उद्दारबारे बुझ्न मन्त्री र सांसदको टोली मधेशमा

तु खबर संवाददाता
२०७६ श्रावण १, बुधबार ११:२६

काठमाडौं १ साउन । बाढीपहिरोले पुर्‍याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्न मन्त्री र सांसदहरुको टोली बाढी प्रभावित जिल्लाहरुको अनुगमनमा गएको छ ।

राहत तथा उद्धारको अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायत सांसदहरुको टोली तराई मधेसका जिल्ला गएको हो ।

गत असार २७ गतेदेखि आएको वर्षाका कारण बाढी र डुबानमा प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

देशभर बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या झण्डै ७० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*