नेकपाको मकवानपुर इञ्चार्जमा मोक्तान

तु खबर संवाददाता
२०७६ श्रावण १, बुधबार ०९:११
file-photo

मकवानपुर १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मकवानपुर इञ्चार्जमा कुमारी मोक्तान चयन भएकी छिन् । मंगलबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकबाट मकवानपुर इन्चार्जमा मोक्तान चयन भएकी हुन् ।

तत्कालिन नेकपा एमाले तथा माओवादी केन्द्रबीच एकीकरण भएपछि पार्टी अध्यक्ष तत्कालिन एमाले भएको जिल्लामा इन्चार्ज माओवादी केन्द्रको तर्फबाट हुने सहमति अनुसार इन्चार्जमा मोक्तान चयन भएकी हुन् ।

मोक्तान इन्चार्ज भएपछि तत्कालिन एमालेका विरोध खतिवडा भने सहइन्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*