पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लाग्छ : प्रचण्ड

तु खबर संवाददाता
२०७६ असार ३१, मंगलवार १७:०२
file-photo

काठमाडौं ३१ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने बताएका छन् ।

अध्यक्ष दाहालले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको बताएका हुन् ।

मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै उनले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भइसकेको पनि जानकारी दिए ।

अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओली र आफूबीच भएको सो सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने उनको भनाई छ ।

उनले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा पनि गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*