प्रदेश–३ को योजना आयोगका उपाध्यक्ष डा. देवकोटाले दिए राजीनामा
मकवानपुर ३१ असार । प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन् ।
डा. देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री डोरमणि पौडेल लगायतले राजीनामा फिर्ता लिन अनुरोध गरे पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनले बताएका छन् ।
