नेपाली काँग्रेसका सांसदले बाढी पीडितलाई ५ दिन बराबरको तलब सहयोग गर्ने

तु खबर संवाददाता
२०७६ असार ३०, सोमबार १७:४९

काठमाडौँ ३० असार । नेपाली काँग्रेसका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप पाँच (५) दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।

सोमबार बसेको काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

काँग्रेसका तर्फबाट प्रतिनिधि सभामा ६३ छन् भने राष्ट्रिय सभामा १३ जना गरी कुल ७६ जना सांसद छन् ।

यसैबीच काँग्रेसले सर्लाही जिल्लामा भएका विभिन्न हिंसात्मक घटनामा सरकारले विधिको शासन पद्धतिको अपहेलना र मानवअधिकारको उल्लङ्घनका साथै नागरिक अधिकार एवं नागरिकको बाँच्न पाउने हकको रक्षा नगरेको भन्दै काँग्रेस र राष्ट्रिय जनता पार्टीले संघीय संसदमा संसदीय छानविन समिति बनाउन माग गर्दा सत्तापक्षले यस विषयमा गम्भीर भई छानविन समिति बनाउन तयार नभएको जनाएको छ ।

‘सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो । नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ’ प्रमुख सचेतक खाणले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*