संसद बैठक स्थगित गरेकोमा सभापति देउवाको आपत्ति

तु खबर संवाददाता
२०७६ असार ३०, सोमबार १६:३०
file photo

काठमाडौं ३० असार । प्रतिपक्ष दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोबारे संसदमा छलफल गरौं भन्दा बैठक स्थगित भएको भन्दै आपत्ति जनाएका छन् ।

संसदको सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

सो बैठक स्थगित गरिएको भन्दै सभापति देउवाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै, ‘देशभरी बाढी आएको छ, पहिरो गएको छ । यो बेलामा संसद एकवद्ध भएर छलफल गरौं । संसदहरु पनि जनताको पक्षमा छौं भन्ने सन्देश दिने प्रस्ताव राख्दा बैठक नै स्थगित गरे ।’

उनले मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु अचम्म भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*