६५ वर्ष पुगेकालाई ज्येष्ठ नागरिक तोक्न नेपाली काँग्रेसको माग
काठमाडौं २९ असार । नेपाली कांग्रेसले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिएको छ ।
आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सचेतक पुष्पा भुसालले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिन सरकारलाई दवाव दिएकी हुन् ।
उनले भौगोलिक कारणले पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्ने तर्क पनि गरिन् ।
सांसद भुसालले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि असन्तुष्टि जनाउँदै ज्येष्ठ नागरिकको बर्गीकरण गर्न नहुने बताइन् ।
