टी–२० क्रिकेट : आज नेपाल र मलेसियाबीच खेल हुँदै
काठमाडौं २९ असार । टी–२० अन्तिर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल र मलेसियाबीचको अन्तिम खेल हुँदैछ ।
किनरारा क्रिकेट एकेडेमीमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।
आजको खेलमा पनि जित हात पार्दै नेपाल सिरिज क्लीन स्वीप गर्ने लक्ष्यमा छ ।
यसअघि शनिबार भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको थियो ।
