बिहार डुबेपछि कोशी ब्यारेजकाे ढोका बन्द गर्न भारतको दवाव

तु खबर संवाददाता
२०७६ असार २८, शनिबार १९:२८

नेपालमा लगातार वर्षा भएसँगै सप्तकोशीमा पानीको बहावपछि भारतले दवाव दिएको छ । भारतले कोशी ब्यारेजको ढोका बन्द गर्न दवाव दिएको हो ।

कोशीमा एक लाख ५० हजार क्यूसेक पानीको बहाव भएपछि खतरा मानिन्छ । तर, शनिबार दिउँसो २ बजेसम्म दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी
दिए ।

अहिले ब्यारेजको ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिए । निरन्तर वर्षा जारी रहे सप्तकोशीमा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

नँया पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*