अविरल वर्षाले डुवायो माधव नेपालको घर

तु खबर संवाददाता
२०७६ असार २८, शनिबार ०९:४८

रौतहट २८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वारिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर वर्षाका कारण डुबानमा परेको छ ।

सदरमुकाम गौर २ स्थित रहेको नेता नेपालको घरमा आएको बाढीले घर डुबान परेको हो ।

अविरल वर्षापछि रौतहटमाको सदरमुकाम गौरसहित जिल्लाको ८० प्रतिशत भू–भाग डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बकैया र बागमतीको बाँध ठाउँठाउँमा भत्किँदा बाढीको पानी बस्तीमा प्रवेश गरेको छ । निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव एक हजार बढी घर भत्केका छन् ।

यस्तै बागमती नदिले गढिमाइ नगरपालिकाको दुई स्थानमा बागमती नदिले बाँध भत्काएपछि सो क्षेत्र समेत डुवान भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*