नेकपामा कार्यविभाजनः साविककै केन्द्रीय सदस्यलाई नै इन्चार्ज र सह–इन्चार्ज बनाउने
नेकपाले जिल्ला इन्चार्ज–सह इन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ । साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्जरसह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको कार्य्विभाजन गर्ने तयारी नेकपाले गरेको हो ।
यो मापदण्डमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी जुटिसकेको छ । अध्यक्षद्वय ओली र दाहालले यसअघि जिल्ला इन्चार्जको कार्य्विभाजनका लागि तयार पारेको प्रस्तावमा नेपालले असहमति जनाइ दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा अडान लिएपछि साविक कमिटीकै इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै जिल्ला इन्चार्ज बनाउने गरी समझदारी जुटेको हो। तर यसको औपचारिक निर्णय भने वरिष्ठ नेता नेपाल स्वदेश फर्केसँगै बस्ने सचिवालय बैठकबाट लिनेछ। नेता नेपाल श्रीलंका भ्रमणमा छन् ।
अहिले समझदारी जुटाएको विधिका आधारमा कार्य्विभाजन गर्दा जनप्रतिनिधि वा अन्य जिम्मेवारीमा रहेका केन्द्रीय नेता पनि पार्टी जिल्ला इन्चार्ज–सहइन्चार्जको जिम्मेवारीमा आउन सक्ने छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
