आइसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौं २४ असार । सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्न जाने नेपाली क्रिकेट टोलीलाई आज मंगलबार बिदाइ गरिएको छ ।
कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज एक कार्यक्रबीच राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गरे ।
उक्त आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेशिया जान लागेका हुन् ।
मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ । नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ ।
