प्रदेश–३ का मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक

तु खबर संवाददाता
२०७६ असार २१, शनिबार १३:२४

मकवानपुर २१ असार । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक परेको परेको छ ।

मन्त्री लामाको धर्मपत्नी कान्छिमाया लामाको निधन भएको छ । उनको आज (शनिबार) विहान ५८ वर्षको उमेर निधन भएको हो । कान्छिमायाँको मृत्युले परिवारमा स्तब्ध बनाएको छ ।

यो शोकको घडीमा धेरैले आज बिहानैबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै मन्त्री लगायत सम्पूर्ण शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*