काँग्रेस मिशन र भिजनका साथ अघि बढ्नुपर्ने : नेता पौडेल

तु खबर संवाददाता
२०७६ असार २१, शनिबार १२:१२
file-photo

चितवन २१ असार । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले काँग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज (शनिबार) चितवनमा आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे ।

राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ थियो । उनले भने, ‘राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो । यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन ।’

फरक प्रसंगमा उनले नेपाल विद्यार्थी संघ गुटमा लाग्न नहुने सुझाव दिए । नेविसंघ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*