प्रदेश-३ का मुख्यमन्त्री पौडेल र गान्सु प्रान्तका गर्भनर ताङ रेन्जियनबीच भेटवार्ता
मकवानपुर, २० असार । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र छिमेकी राष्ट चीनको गान्सु प्रान्तको गर्भनर ताङ रेन्जियनबीच आज (शुक्रबार) भेटवार्ता भएको छ ।
मुख्यमन्त्री पौडेल र ताङ रेन्जियनबीच भएको भेटवार्तामा मुख्यमन्त्री पौडेलले चीनको विकासबाट नेपाल प्रभावित भएको बताए ।
मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको विकास एवम् ३ नं. प्रदेशको सरकारले संचालन गर्न लागेको विद्युतीय सवारी साधनको योजनलाई उच्च प्राथमिकता दिएको बताए ।
मुख्यमन्त्री पौडेल ५ दिने भ्रमणको लागि अहिले गान्सु प्रान्तको लान्झाउ सहरमा रहेका छन् ।
