सरकारको योजना असफल बनाउन आईफाबारे अनावश्यक हल्ला : प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७६ असार २०, शुक्रबार १४:०५

काठमाडौं २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका छन् ।

समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनसमेत अनधिकृत भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*