समाजवादी पार्टीका सदस्य पराजुली र धमलासहित विप्लवको केही नेता नेकपामा प्रवेश
काठमाडौं २० असार । समाजवादी पार्टीका सचिवालय सदस्य देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा नेकपा विप्लव समूहका केही नेता पनि नेकपा प्रवेश गरेका छन् ।
