पूर्वमन्त्री धमलासहितका नेताहरु नेकपामा प्रवेश गर्ने

तु खबर संवाददाता
२०७६ असार १८, बुधबार १२:५५

काठमाडौँ १८ असार । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकीकरण सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।

पूर्वमन्त्री कल्पना धमलासहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गर्ने भएका हुन् ।

स्रोतका अनुसार बिहीबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रम गरेर यी नेताहरुलाई पार्टी प्रवेश गराउने तयारी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*