‘स्वयम सेवकको रुपमा काम गर्ने वनका पदाधिकारीहरूलाई राष्ट्रसेवक किन भनिएको हो’ : सांसद वली
काठमाडौं, १७ असार । राष्ट्रियसभाकी सांसद कोमल वलीले वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सामुदायिक वनको अधिकार न्यून खोजेको बताएकी छिन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद वलीले विधेयकको प्रस्तावनाबाट ‘सामुदायिक’ भन्ने शब्द हटाइएको भन्दै त्यसको विरोध गरिन् ।
सामुदायिक वनहरूलाई स्वतन्त्र रुपमा मूल्य निर्धारणको अधिकारबाट बन्चित गर्न नहुनेमा नेकपा सांसद वलीको जोड छ । उनले बैठकमा भनिन्, ‘स्वयम सेवकको रुपमा काम गर्ने वनका पदाधिकारीहरूलाई राष्ट्रसेवक किन भनिएको हो, म यसको जवाफ चाहन्छु ।’
बजेटमा वन मन्त्रालयलाई उच्च प्राथमिकता दिइएको र मन्त्रालयले वन क्षेत्र बढाउने गरी काम गर्नुपर्ने वलीको भनाइ छ ।
