बैंकिङ प्रविधिमा विश्वास गर्न गाह्रो : अर्थमन्त्री खतिवडा

तु खबर संवाददाता
२०७६ असार १७, मंगलवार १४:४४

काठमाडौं १७ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीमा आफूलाई पनि विश्वास गर्न गाह्रो परेको बताएका छन् ।

मंगलबारबाट शुरु भएको सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपाल धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति अझै विश्वस्त हुन नसकिएको बताएका हुन् ।

विश्वमा प्रविधिको प्रयोग बढ्दै गएको र प्रविधिको प्रयोगसँगै चुनौतीहरु पनि थपिदै गएको उनले बताए । अर्थमन्त्री खडिवडाले प्रविधिको नियमन अझै कडा हुनु पर्ने बताए ।

दी अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएर्फइ) सँगको सहकार्यका धितोपत्र बोर्डले ‘ओईसीडी–सेवन कन्फेरेन्स एण्ड राउण्ड टेबल अन फाइनान्सियल कन्जुमर प्रोटेक्सन एण्ड एजुकेशन इन एशिया प्यासिफिक’ विषयक सम्मेलन आयोजना गरेको हो । उक्त सम्मेलन बुधबारसम्म चल्लेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*