प्रदेश ३ सरकारले उपत्यकाको सफाइ गर्न १२ वटा धुलो उठाउने ब्रुमर दिने
काठमाडौं १६ असार । प्रदेश ३ को सरकारले काठमाडौं उपत्यकाको सफाइका लागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा शहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने घोषणा गरेका हुन् ।
उनले काठमाडौं उपत्यकामा हुने सडकको भीडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशेपुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताए ।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनका लागि पनि ३० करोड रुपैयाँ हस्तान्तरण गरेका थिए ।
