प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान

तु खबर संवाददाता
२०७६ असार १६, सोमबार १३:१०

बुटवल १६ असार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा आज मित्र राष्ट्र चीनतर्फ प्रस्थान गरेका छन् ।

उनी चाइना साउथर्न एयरलाइन्सको उडानबाट सोमबार बिहान छेन्दु प्रस्थान गरेका हुन् ।

मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावतसहित १८ जनाको टोली रहेका छन् ।

मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*