तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको : डा. भट्टराई
गोरखा, १६ असार । सामाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइले तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराइले विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न भएको दाबी गरे ।
आइतबार आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन गृह जिल्ला आइपुगेका डा. भट्टराईले गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भने, ‘एमाले पछाडि फर्कन खोज्ने शक्ति तर माओवादी अगाडि बढ्न खोज्ने । यी दुवै नारिएर काम हुँदैन ।’
केही समयअघि मात्रै आफू नेतृत्वको नयाँ शक्तिलाई संघीय समाजवादी फोरमसँग एकता गराएका भट्टराईले पुराना शक्तिसँग कुनै हालतमा एकता नहुने बताए ।
