विशालको ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक

म्यूजिक एरेन्जरहुँदै गायनमा प्रवेश गरेका गायक विशाल निरौलाले नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक गरेका छन् ।
रमा थापाको शब्द र संगीतमा ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा मोडल नग्मा श्रेष्ठ र सोहम फिचर्ड रहेका छन् । माधव बेल्बासेले सम्पादन गरेको गीतको भिडियो छायांकन र निर्देशन अमृत सुनुवारले गरेका छन् ।
हेर्नुस् गीतको भिडियो :