प्रदेश–३ का मुख्यमन्त्री पौडेल यही असार १८ गते चीनको लान्झाउ जाने

तु खबर संवाददाता
२०७६ असार १३, शुक्रबार १४:०५
file-photo

मकवानपुर, १३ असार । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल यही असार १८ गते छिमेकी राष्ट्र चीनको लान्झाउ शहरमा जाने भएका छन् ।  गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलकोे नेतृत्व गर्दै मुख्यमन्त्री पौडेल चीनको लान्झाउ शहरमा जाने भएका हुन् ।

मुख्यमन्त्री पौडेल चीनको लान्झाउ शहरमा जुलाई ४ देखि ८ तारिखमा आयोजना हुने २५ औं चीन लन्झाउ इन्भेस्टीमेन्ट ट्रेड फियरमा सहभागी हुने मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीको साथमा उनका धर्मपत्नी विजया पौडेल, प्रदेश नं. ३ का प्रदेशसभाका महिला सदस्यहरु राधा घले, जुनेली श्रेष्ठ र कन्चन खनाल एवम् मुख्यमन्त्री कार्यालयका उच्च अधिकृतहरुसहित ७ जनाको प्रतिनिधि मण्डल जाने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।

उनीहरु यही असार २३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उनका स्वकीय सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*