हेटौंडा बनाउने मुख्यमन्त्रीको यस्तो छ सोच (हेर्नुहोस् भिडियो )

२०७६ असार १०,मंगलवार २०:२४

मकवानपुर / प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको सडक बिस्तारपछि हेटौंडा बजारको मुख्य सडकको दायाँबायाँका घरहरुको अगाडिको शो एउटै बनाउने सोच आफ्नो रहेको बताएका छन् ।

आज हेटौंडा उपमहानगरपालिकाको नीति तथा योजना सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले जति मिटर सडक बिस्तार भएपनि आफ्नो सोच भनेको हेटौंडाका बजारमा रहेका घरहरुको एउटा शो बनाउने र कलर पनि एकैनासको गर्ने रहेको बताए ।

१०/२० करोड लगानी गरेर एउटै मोडलको घर बनाउने उनले सुनाए । काठका राम्रा झ्यालहरु ढोकाहरु राख्ने र रंग समेत एउटै दिने योजना आफ्नो रहेको उनको भनाइ छ ।

यसका निम्ति घरधनीहरुलाई प्रेरित गर्नुपर्ने उनले बताए । बरु उनीहरुलाई रंग दिने हो वा अरु के दिने हो सपोर्ट गर्छौ, उनले भने । यति काम गर्न सकिएमा हेटौंडा सुन्दर र आधुनिक सहर बन्ने उनले बताए ।

यो पनि हेर्नुहोस्-

पौडेलको खुलासा : म अशोकको बोट र सहिद स्मारकको कारण मुख्यमन्त्री भएँ (हेर्नुहोस् भिडियो )


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*