हेटौँडा बजार फराकिलो हुनेमा दुई मत नरहेको मुख्यमन्त्री पौडेलको भनाई

तु खबर संवाददाता
२०७६ असार १०, मंगलवार १४:४०
file photo

मकवानपुर १० असार । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अब हेटौँडा बजार क्षेत्र फराकिलो हुने बताएका छन् ।

मंगलबार हेटौंडा उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकको उद्धघाटन क्रममा बोल्दै मुख्यमन्त्री पौडेलले २५ मिटर भत्काए पनि, १६ मिटर भत्काए पनि अब हेटौँडा बजार फराकिलो हुनेमा दुई मत नरहेको बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेको मुख्य मन्त्री पौडेलले घमाउरो तरीकामा अब बजार क्षेत्रलाई फराकिलो पारेर हेटौँडा नगर भित्र पर्ने उक्त स्थानमा बन्ने घरहरुमा एकै प्रकारका रङ् लगाई बजार क्षेत्रलाई नयाँ रुप दिएर देशभर चिनाउनु पर्ने बताए ।

उनले कुनै पनि विकास गर्नका लागि योजना आवश्यक पर्ने र योजना तयार भएपछि त्यस योजनाले जनताको अपेक्षालाई एडे«स गर्न सक्नेखाले हुनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*