समाजवादी पार्टी र राजपा पार्टीबीच एकीकरणबारे सम्बाद सुरु
जनकपुरधाम, ८ असार । तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीकरणबारे सम्वाद सुरु भएको छ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोबीच पार्टी एकिकरणको लागि पछिल्लो पटक जनकपुरधाममा कुराकानी भएको हो ।
राजपा निकट स्रोतले आगामी कात्तिक महिनाभित्रै पार्टी एकीकरण हुने सक्ने दाबी गरेको छ । सरकारले संविधान संशोधनलाई गौण राख्न खोजेकाले वैकल्पिक शक्ति निर्माण गरी आन्दोलन गर्न पार्टी एकता गर्न लागिएको स्रोतको दाबी छ ।
