प्रदेश नं. ३ का मुख्यमन्त्री पौडेल डिस्चार्ज

तु खबर संवाददाता
२०७६ जेष्ठ २७, सोमबार ११:१०
file-photo

काठमाडौं २७ जेठ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । मुटुको भल्बमा समस्या देखिएपछि यही जेठ १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।

मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गरिएको थियो । एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि मुख्यमन्त्री पौडेल अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*